जगदम्बा स्टील्सले पनि प्रिमियममा आईपीओ ल्याउने

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रिमियिम मूल्यमा सेयर जारी गर्न पाउने व्यवस्था गरेसँगै उत्पादन मुलुक कम्पनीहरु सर्वसाधारणमा सेयर जारी गर्न इच्छुक देखिएका छन् ।

अंकित मूल्य एक सय रुपैयाँमा सेयर जारी गर्न अनिच्छुक देखिएका कम्पनीहरु पनि प्रिमियम जोडेर सेयर बिक्री गर्न पाउने भएपछि उत्पादलनमुलक कम्पनीहरु सर्वसाधारणमा केही हिस्सा बिक्री गर्न अग्रसर हुने गरेका हुन् ।

जगदम्बा स्टील्स लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । जगदम्बा स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गन प्रस्ताव सहित आगामी चैत १ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत १ गते कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे सभा डाकेको हो ।

नेपालकै सबैभन्दा ठूलो स्टील कम्पनीको रुपमा स्थापित यो उद्योगले सेयर जारी गर्ने भएसँगै साधारण सभा मार्फत प्रस्ताव अगाडि बढाउन लागेको हो । यस्तै कम्पनीले सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि राखेको छ ।

कम्पनीले बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने उल्लेख गरेपनि कति बोनस हो भन्ने विषयमा भने खुलाएको छैन ।

साथै कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, लेखापरिक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको पारिश्रमिक र भत्ता निर्धारण र स्वतन्त्र नियुक्ती गर्ने लगायतका विषय उपर छलफल गरी निर्णय गर्नेछ ।

सात अर्ब लागतमा बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट जगदम्बा (सुपर साइन) रङ्गीन जस्तापाता तथा जगदम्बा (ग्याल्भप्लस) सादा जस्तापाता उत्पादन गर्दै आएको छ । शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योग नेपालको पहिलो पूर्ण स्वाचालित गाल्भ्ल्युमलाइन प्रविधिबाट ठूलो मात्रामा उत्पादन हुने रङ्गीन जस्तापाता र सादा जस्ता पाता अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत, भरपर्दो तथा टिकाउ रहेको उद्योगको जिकिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।