एक हप्तादेखि घट्दै सुनको भाउ


शुक्रबार सुन १०० रुपैयाँले सस्तिएको छ । एक हप्ता अघिबाट घट्न सुरु गरेको सुन आज पनि १०० रुपैयाँले घट्दै १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको हो ।

सुन हिजो प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदी भने १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी महासंघका अनुसार चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२५ र चाँदी प्रतिऔंस २१.३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।