एशियन हाइड्रोपावरको आईपीओ ६९ हजार ७२० जनालाई बाँडफाँड

0
Shares

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्सालमा कम्पनीको आइतबार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । मागभन्दा २०.४५ गुणा बढी आवेदन परेकोले सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँड गर्न निष्कासित सेयर अपुग भएपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीको सेयरमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ता खरिदका लागि माग भएको थियो । सोमध्ये ६ हजार ५०२ वटा आवेदनबाट परेको ७९ हजार ५८० कित्ताको माग रद्द भएको छ भने बाँकी १४ लाख २५ हजार ७२० आवेदनबाट परेको १ करोड ५४ लाख ४५ हजार ८२० कित्ता स्वीकृत भएको छ ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो । कुल निष्काशित ७ लाख ५६ हजार कित्ता सेयरमध्ये १५ म्युचुअल फन्डलाई ४२ हजार कित्ता, ११ जना कर्मचारीलाई १६ हजार ८०० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले यसअभन्दा अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणका लागि छुट्टाएको सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता र इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पुँजीको ३४.७१ प्रतिशतले हुन आउने ११ लाख ८० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।