राजनीति उथलपुथलको असर नेप्सेमा

0
Shares

राजनैतिक वृत्तमा देखिको रापको असर सोमबारको सेयर बजारमा परेको छ । सत्ता गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठकबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेसँगै सेयर बजारमा त्यसको असर पुगेको हो ।

पुँजी बजारमैत्री अर्थमन्त्रीको रुपमा छबी बनाएका नेकपाका उपाध्यक्ष विष्णुप्रसाद पौडेले अर्थमन्त्रीबट बाहिरिने भएसँगै सोमबार कारोबार खुला भएको दश मिनेटमा नै बजार सूचक घट्न थालेको थियो । त्यसबीचमा दिनभरमा केही सम्हालिन खोजेको बजार पाँच पटक सुधारको बाटेमा गएपनि बिक्री चापका बीच ऋणात्मक भएर नै बन्द भएको छ ।

सोमबार बजारमा ५३.७२ अंकको उतार–चढाव देखा परेको छ । अधिकतम २०४३.९९ बिन्दुसम्म पुगेको बजार सूचक न्यूनतम १९९०.२७ बिन्दुसम्म झरेको थियो । २०२९.६६ बिन्दुमा खुला भई दिनभरमा १४.३३ अंकले बढेको नेप्से सोमबार कारोबारको अन्तिम समयमा ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेर बन्द भएको छ । आइतबार ४.५५ अंकले बढेको बजार सूचक सोमबार पुनः घटेको हो ।

राजनीतिक अस्थिरतासँगै घट्न पुगेको नेप्सेमा आज २५९ स्क्रिप्टको ५१ लाख २० हजार ८८८ कित्ता सेयर ३७ हजार ३३८ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा ६३ करोड १३ लाख रुपैयाँले घटेको छ । सोमबार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको सेयर खरिद बिक्री भएको हो । आइतबार २ अर्ब ५२ करोड ५० लाख माथिको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसूचकमध्ये होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, ब्यापार र अन्य गरी पाँच उपसमुहगत परिसूचक बढेका छन् । वित्तसबैभन्दा बढी १.६५ प्रतिशतले घटेको छ भने बाँकी सबै उपसूचक पनि ओरालो लागेका छन् ।

सेयर बजार घटेसँगै सर्वाधिक कारोबार भएको हिमालयन डिष्टिलरीको ६ करोड ६८ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८ लाख२८ हजार, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख १५ हजार, शिवम् सिमेन्ट्सको ३ करोड ६३ लाख ४८ हजार र अपि पावर कम्पनीको ३ करोड ६३ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ ।


नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा गरेको कडाइपछि घट्न थालेको लघुवित्तको क्षेत्रका कम्पनीहरुको सेयरमूल्य भने आइतबारदेखि केही सुधार हुन थालेकोमा सोमबार बजार ऋणात्मक भएपनि लघुवित्तको कम्पनीहरुको मूल्य भने केही सुधार भएका छन् । स्वावलम्बन लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.७३ प्रतिशतले बढेर १४८९ रुपैयाँ पुगेको छ ।

यसैगरी समलिङ्ग पावरको ९.३५ प्रतिशत, तारागाँउ रिजेन्सी होटल ७.९६, उपकार लघुवित्त ७.२२, ओरियन्टल होटल ६.५०, प्रिमियर इन्स्योरेन्स ४.८६, बोर्टलर्स नेपाल (तराई) ४.३०, एनआईसी एशिया ब्यालेन्स फन्ड ३.९३, विशाल बजार कम्पनी ३.८४ र सिटिजन म्युचुअल फन्ड–१ को इकाईमूल्य ३.७४ प्रतिशतले बढेको छ ।

सोमबारको बजारबाट राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४३ प्रतिशत घटेर ३६५ रुपैयाँमा झरेको छ ।  यस्तै सिवाइसी नेपाल लघुवित्तको ५.३३, समीट लघुवित्तको ४.९० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ४.६१, धौलागिरी लघुवित्त ४.४०, किसान लघुवित्त ३.८५, गोर्खाज फाइनान्स ३.७०, सनराइज ब्लूचिप फन्ड ३.६८, ग्रीन लाइफ हाइड्रोपावरको ३.६४ र विन नेपाल लघुवित्तको ३.६१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सोमबारको बजारपछि लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति मापक कुल बजार पूँजीकरण २९ खर्ब २२ अर्ब ५६ करोड ९६ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।