सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार फागुन १७ देखि

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । विसं २०७९ असार २७ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीले साढे ७ महिनापछि एकीकृत कारोबार थाल्ने भएका हुन् ।

एकीकृत मर्जर कमिटीको फागुन ११ गते सम्पन्न बैठकको निर्णय बमोजिम फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको जनाइएको छ । दुई कम्पनी एक बराबर एक स्वाप रेसियोमा मर्जरमा गएका हुन् । एकीकृत संस्थाको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै संयुक्त कारोबारको मिति फागुन १७ गतेका लागि जुरेको हो । एकीकृत संस्थाको कारोबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ ।

नयाँ कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र बैदवार प्रमुख कार्यकारी अधिकृत सीईओ बन्नेछन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहनेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुका लागि आगामी चैतसम्म न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निदैृशन दिएपछि निर्जीवन बीमा कम्पनीहरुमा मर्जरको क्रम सुरु भएको थियो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्सभन्दा अगाडि हालसम्म एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गरिसकेका छन् ।

मर्जर प्रकृयामा रहेका अन्य निर्जीवन बीमा कम्पनीहरुमा आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स, अजोड र युनाइटेड र लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।