लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लघुवित्तको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले लघुवित्तको अन्तिम कारोबार मूल्य ९४८ रुपैयाँलाई आधार मानेर बोनसमा मूल्य समायोजन गरेको हो । बोनस समायेजनपछि कम्पनीको प्रतिकित्ता मूल्य ८२४ रुपैयाँ ३५ पैसा तोकिएको छ । आज समायोजन भएको मूल्यालाई आधार मानेर बुधबार लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।