अपर तामाकोशीको हकप्रद विद्युत नियमन आयोगबाट स्वीकृत

0
Shares

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद बिक्री गर्न अनुमति दिएको छ ।

आयोगले हाइड्रोपावरलाई शतप्रतिशत (एक बराबर एक) अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शतप्रतिशत अनुपातमा हकप्रद निष्काशन गर्न दिने निर्णय भएको हो ।

हकप्रदलाईविद्युत नियमन आयोगले स्वीकृति दिएकाले अब पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति बिक्रीका लागि दिनु पर्छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ ३ गते सम्पन्न तामाकोशीको १४औं वार्षिक साधारण सभाले १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।  सोभन्दा अघि २०७९ असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

अपर तामाकोशीले २०७८ भदौदेखि बिजुली उत्पादन गर्दै आइरहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । प्रतिसेयर नेटवर्थ घटेर ६२.३८ रुपैयाँमा झरेको कम्पनीको पुससम्ममा वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) ७.७९ रुपैयाँ ऋणात्मक छ ।

नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि कम्पनीले हकप्रद सेयर बिक्रीबट पुँजी संकलन गर्न लागेको हो । रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि पनि कम्पनीलाई वित्तीय व्यवस्थापन गर्न आवश्यक छ ।

अपर तामाकोशी सम्पन्न भएपश्चात दोस्रो चरणमा निर्माण गर्न योजना रहेको रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगरस्थित तामाकोशी नदीबाट निर्मित जलासयमा मिसाई थप २०० सय गिगावाट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य लिई सो कार्यको विस्तृत अध्ययन गरेर निर्माण गर्ने भएको छ ।

तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युतगृहबाट निस्कने पानीलाई करिब ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत् उत्पादन हुनेछ । उक्त आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।