गरिमा विकास बैंकको साढे ८ लाख संस्थापक सेयर बिक्रीमा


गरिमा विकास बैंकले संस्थापक समूहको ८ लाख ४९ हजार १ सय ९६ कित्ता सेयर फागुन १७ गते बुधबारदेखि बिक्री खुल्ला गरेको छ ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । इच्छुक आवेदकले चैत २१ गतेसम्म विकास बैंकको प्रधान कार्यालय काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ ।

बिक्री खुला गरिएको संस्थापक सेयरधनीको नाम, बिक्री कित्ता र मूल्य सूचनामा खुलाइएको छैन । संस्थापक सेयर बिक्री गर्न चाहने सेयरधनी, कित्ता र दरको बारेमा बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट जानकारी लिनसक्ने बैंकले जनाएको छ ।

बिक्रीमा राखिएको सेयर विद्यमान संस्थापक सेयरधनीहरुबाट आह्वान भएको ३५ दिनभित्र बिक्री नभएको खण्डमा भने अन्य संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

सेयरधनीहरुले सेयर बेच्ने व्यवस्था मिलाउन निवेदन दिएसँगै विकास बैंक सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।