नेप्से दुई हजार बिन्दुमुनी झर्‍यो‚ बजार पुँजीकरण २९ खर्ब तल

0
Shares

सेयर बजार मापक सूचक नेप्से दुई हजार बिन्दुमुनी झरेको छ । बुधबार २४.४४ बिन्दुको उच्च अंकले नेप्से घटेसँगै नेप्से १९९५.४९ बिन्दुमा झरेको हो ।

यस्तै नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकम ६१ करोडले घटेर १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँमा समेटिएको छ । सोमबार १ अर्ब ८९ करोडको सेयर कारोबार भएको थियो । आज २५७ क्रिप्टका ३७ लाख २९ हजार ९७६ कित्ता सेयर २६ हजार ४५४ वटा संख्यामा खरिद बिक्री भएका छन् ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक घटेका छन् । जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार पनि १ प्रतिशतभन्दा धेरै घटेको छ ।

नेप्से ऋणात्मक भएपनि आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्तको सेयर १० प्रतिशत अर्थात १५१ रुपैयाँ २० पैसा बढेर १ हजार ६६३ रुपैयाँ ७० पैसा पुगेको छ । त्यसैगरी बाराही हाइड्रोपावर ४.५८ प्रतिशत, खप्तड लघुवित्त २.७४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त २ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि १.९९ प्रतिशतले बढेको छ ।

आजको बजारबाट बोटलर्स नेपाल (तराई) को सेयरमूल्य सर्वाधिक ९.६१ प्रतिशत अर्थात १३३५ रुपैयाँले घटेर १२ हजार ५६४ रुपैयाँमा झरेको छ । यस्तै सिवाइसी नेपाल लघुवित्तको ५.७६ प्रतिशत, उन्नति सहकार्य लघुवित्त ५.४४ प्रतिशत, उपकार लघुवित्त ५.४२ प्रतिशत र एनआईसी एशिया लघुवित्तको ५.१५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

एक अर्ब २८ करोडको कारोबार भएको बुधबारको बजारमा अपर तामाकोशी हाइड्रोपावरको उच्च कारोबार भएको छ । विद्युत नियमन आयोगबाट शतप्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएसँगै आज कम्पनीको ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

यस्तै शिवम् सिमेन्ट्सको ८ करोड ४० लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ र युनिभर्सल पावरको ३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबारको कारोबारपछि सेयर लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पुँजीकरण ३४ अर्ब २१ करोड २८ लाख रुपैयाँले घटेको छ । बुधबार बजार पुँजीकरण २८ खर्ब ८३ अर्ब १६ करोड ७८ लाख ३७ हजार रुपैयाँमा समेटिएको छ । मंगलबार कुल बजार पूँजीकरण २९ खर्ब १७ अर्ब ३८ करोड ६ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।