काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई डाबर नेपालको ३० लाख सहयोग

0
Shares

डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थान (काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ) लाई अनुदान स्वरुप ३० लाख रुपैयाँ प्रदान गरेको छ ।

डाबर नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई ३० लाख रुपैयाँ अनुदान सहयोग गरेको हो । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ उक्त सहयोग गरिउको डाबर नेपालले जनाएको छ ।

डाबर नेपालको अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राणा तथा नेपाल र म्यानमारका विजनेस हेड एच. एस. बेदीले फेबु्रवरी २४, २०२३ मा उक्त रकम काठमाडौंको प्रांगनमा आयोजित एक समारोहमा बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा डाबर नेपालका मानव संसाधन प्रमुख अनिल पुरी तथा एडमिन कन्सल्टेन्टमंदार शिखर ब्यानर्जीको उपस्थिति रेको थियो ।

काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पुर्वाधार विस्तार गर्ने कार्य गर्दै आइरहेको छ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उदेश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ – काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाखरुपैयाँ सहयोग गरेको हाे ।

अन्तर्राष्ट्रिय ब्राण्ड डाबरले ‘सँगै बनाउँ स्वस्थ नेपाल’ नाराका साथ डाबर नेपाल लिमिटेड मार्फत आफ्ना विभिन्न खाद्य तथा सोन्दर्यमुलक बस्तुहरु बिक्री गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।