थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन


थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन् ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो ।

काठमाण्डौंको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाण्डौंबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो ।

भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाण्डौंतर्फ जाने सवारी साधनलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाण्डौं एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

काठमाण्डौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट–चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डौंतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ ।

काठमाण्डौंबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डौंंतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।