शुभम् पावरको आइपीओ सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने


शुभम् पावर लिमिटेडको २० लाख कित्ता सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी फागुन १७ गतेको निर्णय अनुसार कम्पनीको सेयर सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागी १९ हजार ४२० कित्ता बैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणमा ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरुले लगानीमा रहेको १४ लाख गरी कूल २० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

बिहीबार सेयर सूचीकृत भएसँगै कम्पनीको धितोपत्र आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले एसपीएल कारोबार सिम्बोल दिएको छ ।

यस्तै पहिलो कारोबारको लागि न्यूनतम ८८ रुपैयाँ ४८ पैसा देखि अधिकतम् ४६५ रुपैयाँ ४४ पैसा सुरुवाती कारोबार मूल्य निर्धारण गरेको छ ।आइतबार तोकिएको कारोबार रेञ्चभित्र कम्पनीको पहिलो कारोबार हुनेछ । कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।