निरन्तर गिरावटले लगानीकर्तामा छायो निराशा, नेप्से २६ अंकले घट्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २६.४७ अंकले घटेको छ । नेप्से घटेसँगै सूचक १९६९.०२ बिन्दुमा झरेको छ । निरन्तरको गिरावटले लगानीकर्तामा निराशा छाएको छ । पछिल्लो चार कारोबार दिनमा नेप्से ५८.१७ अंकले घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने ४ करोड ८० लाख रुपैयाँले बढेको छ । आज १ अर्ब ३३ करोड ६३ लाख २३ हजार ९६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २५६ क्रिप्टका ३६ लाख ५७ हजार १५४ कित्ता सेयर २८ हजार ५०० वटा संख्यामा खरिद बिक्री भएका छन् । हिजो बुधबार १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक घटेका छन् । जसमध्ये लघुवित्त सर्वाधिक २.६४ प्रतिशत तथा ब्यापार २.३२ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत, फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लगानीको सूचक पनि १ प्रतिशतभन्दा धेरै घटेको छ ।
बिहीबारको बजारमा बुद्दभुमी हाइड्रोपावरको सर्वाधिक ४.२९ प्रतिशत, युनिक नेपाल लघुवित्तको ४.०२ प्रतिशत, बोर्टलर्स नेपाल तराई ३.९१ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.७८ प्रतिशत र सामलिङ्ग पावरका लगानीकर्ताले ३.६४ प्रतिशतले कमाएका छन् ।

यसदिन ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ७ प्रतिशतले घटेर ८१० रुपैयाँमा झरेको छ । स्वाभिमान लघुवित्त ५.८०, नाडेप लघुवित्त ५.७४, सिटिजन्स म्युचुअल फन्ड–१ को ५.६३ प्रतिशत र सनराइज ब्लूचिप फन्ड ५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

एक अर्ब ३३ करोडको कारोबार भएको बिहीबारको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक ८ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख ५ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८५ लाख रुपैयाँ र नेपाल रि–इन्स्योरेन्स कम्पनीको २ करोड ५१ लख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पुँजीकरण ३८ अर्ब २४ करोड ३४ लाख रुपैयाँले घटेको छ । बिहीबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा समेटिएको छ । बुधबार कुल बजार पूँजीकरण २८ खर्ब ८३ अर्ब १६ करोड ७८ लाख ३७ हजार रुपैयाँमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।