सन् नेपाल लाइफले प्रिमियम मूल्यमा माग्यो आईपीओ बिक्री अनुमति

0
Shares

सन् नेपाल लाइफ इन्स्योरेन्सले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम मूल्यमा थप गरेर २५० रुपैयाँ ५५ पैसामा सेयर जारी गर्न अनुमति माग गरेको हो । बोर्डका अनुसार कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन १७ गते बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले २५० रुपैयाँ ५५ पैसाका दरमा ९६ लाख कित्ता बराबरले हुन आउने २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ मूल्यको आईपीओ निष्कासन गर्नेछ ।

हाल इन्स्योन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।