डिप्रोक्स र सपोर्ट लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । 

नेप्सेले डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ७४४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ । बिहीबार लघुवित्तको सेयर ८१९ रुपैयाँमा कारोबार भएकोमा नेप्सेले अन्तिम मूल्यको आधारमा बोनस सेयर समायोजनपछिको मूल्य तोकेको हो ।

यस्तै सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ९९० रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ । बिहीबार लघुवित्तको सेयर ११०० रुपैयाँमा कारोबार भएकोमा नेप्सेले अन्तिम मूल्यको आधारमा बोनस सेयर समायोजनपछिको मूल्य तोकेको हो ।
नेप्सेले बिहीबार तोकेको समायोजित सेयरमूल्यलाई आधार मानेर आइतबार दुबै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुकक्लोज तोकेका छन् । यस आधारमा फागुन १८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरु मात्र सम्बन्धीत कम्पनीको साधारण सभामा भाग र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।