शुक्रबार सामान्य घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।

यसअघि बिहिबार सुन तोलाको ३०० रुपैयाँ बढेको थियो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको १ लाख २ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख २ हजार १०० रुपैयाँ रहेको थियो ।

 यता शुक्रबार चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । बिहिबार  तोलाको १ हजार २७० रुपैयाँमा कारोबार गरिएको चाँदी आज १ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८३८.५७ अमेरिकी डलर र चाँदी प्रतिऔंस २०.९९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।