प्रभु लाइफले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत ब्याज छूट दिने

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छूट दिने भएको छ ।

कम्पनीले विसं २०७९ फागुन २१ गतेदेखि आगामी २०८० वैशाख ३१ गतेसम्म पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ को अधीनमा रही कम्पनीले सो छुट दिन लागेको हो । यस्तो छुट ब्याज छुट दुई वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरूमा मात्र पाइनेछ । ब्याज छूट गर्ने प्रयोजनका लागि २०७७ फागुन २१ देखि २०७९ फागुन २० गतेसम्म व्यतित भएका बीमालेखहरूलाई मात्र समावेश गरिने प्रभु लाइफले जनाएको छ ।

साथै यस्तो छूट बीमा अवधिभरि एकपटक मात्रै प्रदान गरिने समेत कम्पनीले जानकारी दिएको हो । यसभन्दा अघि यस्तो छुट लिएका बीमितिले यो छुट पुनः पाउनेछैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।