जनउत्थान लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २६ गते आइतबार साधारण सभा आह्वान गरेको छ । लघुवित्तले बुटवल उपमहानगरपालिका वडा नम्बर ०९, कालिकापथ रुपन्देहीमा रहेको होटल न्यू हिरामा बिहान ११ बजे सभा बोलाएको हो । लघुवित्तको फागुन २० गते सम्पन्न २०१ औं बैठकले चैत २६ गते सभाको मिति तय गरेको हो ।

लघुवित्तको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशत (२ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँ) बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत (११ लाख ६७ हजार ६७९ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तैकम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत १० गते शुक्रबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार चैत ९ गतेबिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार कारोबार भई तोकिएको समयावधि भित्रमा लघुवित्तको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौंमा सेयर नामसारीको लागि प्राप्त विवरणको आधारमा कायम रहेका सेयरधनीहरु वार्षिक साधारण सभामा भाग लिन, मतदान गर्न तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।