छिमेक लघुवित्तको लाभांश पाउन मंगलबारसम्म सेयरधनी बन्नुपर्ने

0
Shares

छिमेक लघुवित्तको लाभांश फागुन २३ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुकक्लोज गर्दैछ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने हुन्छ । सरकारले फागुन २४ गते नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।

छिमेक लघुवित्तले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६५ नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश वितरण गर्ने सहितका अन्य एजेण्डाहरु पारित गर्न लघुवित्तले चैत १० गते मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।