एन आई सी एशिया क्यापिटल र कुमारी जब बीच आईडिया टू आईपिओ सम्झौता


एन आई सी एशिया क्यापिटल लिमिटेड र कुमारी जब प्रा.लि. बीच आज मंगलबार दुई पक्षिय सम्झौता भएको छ ।

संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेण्टबाट कम्पनीलाई आवश्यक फण्डको व्यवस्था गरिदिने सहित कुमारी जब प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपिओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्न सम्झौता भएको हो ।

एन आई सी एशिया क्यापिटलले आईडिया टू आईपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।