एकैदिन ८ सय रुपैयाँले बढ्यो सुनको भाउ


छापावाला सुन एकैदिन ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन बुधबार १ लाख ५ सय रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदी भने स्थिर रहेको छ । बिहीबार १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२८.९१ र चाँदी प्रतिऔंस १९.९२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।