सगरमाथा र लुम्बिनी जनरलको सेयर कारोबार रोक्का

0
Shares

साविकको सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का भएको छ ।

एक आपसमा मर्जर प्रकृयामा रहेका दुई कम्पनीको सेयर फागुन २९ गते सोमबारदेखि रोक्का हुन लागेको हो । मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका लागि दुई कम्पनीको सेयर कारोबार रोक्का हुनेछ ।

दुई कम्पनी एक आपसमा गाभिएर फागुन २९ देखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थाल्दैछन् । सगरमाथा र लुम्बिनी जनरल १००ः८० को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर भएका हुन् । जसअनुसार लुम्बिनी जनरलको १०० कित्ता सेयर हुनेले एकीकृत संस्थाको ८० कित्ता सेयर पाउनेछन् भने साबिक सगरमाथा इन्स्योरेन्सका सेयरधनीहरुको समान कित्ता रहनेछ ।

मर्जर पश्चात एकीकृत कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ । सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरलका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहनेछन् । सञ्चालक समितिमा दुबै कम्पनीको तर्फबाट ३।३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।