चार दिनमा ३१ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि कायमै


स्थानिय बजारमा छापावाला सुन चार दिनमा ३ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।

फागुन २५ गते १ लाख १ हजारमा कारोबार भएको सुन फागुन २९ गते (आज) १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोही सुन १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यपसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आइतबारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १ हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८८२.५५ र चाँदी प्रतिऔंस २०.७७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।