कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम

0
Shares

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश ससुरक्षित गर्ने आज (फागुन २९ गते सोमबार) अन्तिम दिन हो । फागुन ३० गते दुबै कम्पनीले बुकक्लोज गर्दैछन्। लाभांश पाउन बुकक्लोजको अघिल्लो दिनसम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।

कृषि विकास बैंकले चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै अविमोच्य असंचिति अग्राधिकार सेयरधनी (सरकार) लाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले चैत १४ गते केन्द्रीय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

उता स्वरोजगार लघुवित्तले चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न लघुवित्तले चैत ११ गते बिहान ११ः३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा डाकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।