पुराना डिजेल पेट्रोल गाडीसँग टाटाका नयाँ मोडलका विद्युतीय कार साट्न पाइने


चैत ३, ४, ५ गते काठमाडौँस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा ह्याप्पीनेस विक एण्डू विशेष एक्सचेन्ज क्याम्प संचालन हुने भएको छ ।

गत हप्ता आयोजित एक्सचेन्ज क्याम्प को उत्साहजनक प्रतिक्रिया बाट फेरी क्याम्प सञ्चालन गर्न लागिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।

शुक्रबार, शनिबार र आइतबार विशेष एक्सचेन्ज क्याम्प संचालन गरिएको भन्दै सिप्रदीले ग्राहकवर्गहरुलाई निमन्त्रण समेत गरेको छ ।

एक्सचेन्ज क्याम्पमा जुन सुकै कम्पनि अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ २०२३ मोडेल का नेक्सन ईभी र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा बैंकिंग सुविधा, ईन्स्योरेन्स सुविधाका साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ता हरुको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि क्याम्पमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।