सुनको भाउ रेकर्ड मूल्य भन्दा ४ सय रुपैयाँ कम


स्थानिय बजारमा शुक्रबार सुनको भाउ १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो रेकर्ड मूल्य भन्दा ४ सय रुपैयाँले कम हो ।

माघ १९ गते छापावाला सु्नले १ लाख ७ हजार ५ सय पु¥याएर नयाँ रेकर्ड बनाएको थियो । बिहीबार छापावाला सुन १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो तेजावी सुन १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच सुनचाँदी व्यवसायीहरुले सुनको भाउ १ लाख १० हजारसम्म पुग्ने अनुमान लगाएका छन् । अमेरिकाको दुई ठूला बैंक बन्द हुनाले सुनको भाउ अझै वृद्धि हुने उनीहरुको आँकलन छ । 

यता बिहीबारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार तोलाको एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१९.३५ र चाँदी प्रतिऔंस २१.९४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।