चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको नाफा १७.२४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा पाँच बैंकको नाफा घट्दा पनि समग्रमा भने बैंकहरूको नाफा वृद्दि आकर्षक देखिएको हो ।
चालु आवको ७ महिना अवधिमा चार वाणिज्य बैंकहरुले तीन अर्ब बढी नाफा कमाएका छन् । २०७९ माघसम्ममा नबिल बैंकले सर्वाधिक ४ अर्ब १३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड ८९ लाख, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड ३५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी माघसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र स्ट्याण्डर्ड चार्टड बैंकले २ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्दा बाह्र बैंकले एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा प्राइम, एभरेष्ट, नेपाल बैंक, प्रभु, सानिमा, कुमारी, सिद्धार्थ, नेपाल एसबिआई, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे र सिटिजन्स बैंक इन्टरनेशनलले एक देखि दुई अर्बकाे बीचमा नाफा आर्जन गरेका हुन् ।
सनराइज, सिभिल र कृषि विकास बैंक गरी तीन वाणिज्य बैंकको नाफा भने एक अर्बभन्दा कम रहेको छ । माघसम्म सनराइज बैंकले ८६ करोड ६ लाख, सिभिल बैंकले ७७ करोड ७० लाख र कृषि विकास बैंकले १० करोड ६ लाख रुपैयाँ नाफा कमाएको तथ्याङ्क छ ।
पाँच बैंकको नाफा ४० प्रतिशत धेरै बढ्याे, पाँचकै घट्यो
राष्ट्र बैंकले उपलब्ध गराएको साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कलाई गत आवको सोही अवधिमा कमाएको नाफासँग तुलना गर्दा पाँच बैंकले ४० प्रतिशतभन्दा धेरैले नाफा बढाउँदा पाँच वटै बैंकको नाफा घटेको छ ।
गत आवको यसै अवधिको तुलनामा चालु आवको सोही अवधिमा एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल, नबिल बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४० प्रतिशतभन्दा धेरै बढेको हो । समीक्षा अवधिमा एभरेष्ट बैंकले ८८.०२ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकले ६२.५७, नबिल बैंकले ५७.७३, नेपाल एसबिआई बैंकले ४४.२९ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४३.३० प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।
S.N. | Bank | Profit 2079 Magh ‘000 |
Profit 2078 Magh ‘000 |
Change % |
1 | NABIL | 4,132,690.00 | 2,620,108.68 | 57.73 |
2 | NIC Asia | 3,678,980.00 | 2,859,380.54 | 28.66 |
3 | Global IME | 3,553,550.00 | 3,030,677.74 | 17.25 |
4 | Rastriya Banijya | 3,066,820.00 | 2,282,983.49 | 34.33 |
5 | Nepal Investment Mega | 2,703,020.00 | 1,886,290.77 | 43.30 |
6 | NMB | 2,235,750.00 | 1,945,786.61 | 14.90 |
7 | Standard Chartered | 2,023,280.00 | 1,244,561.83 | 62.57 |
8 | Prime | 1,997,830.00 | 2,162,532.08 | -7.62 |
9 | Everest | 1,883,450.00 | 1,001,714.91 | 88.02 |
10 | Nepal Bank | 1,706,610.00 | 1,684,128.90 | 1.33 |
11 | Prabhu | 1,660,200.00 | 1,455,201.44 | 14.09 |
12 | Sanima | 1,533,740.00 | 1,244,793.79 | 23.21 |
13 | Kumari | 1,502,760.00 | 1,215,182.07 | 23.67 |
14 | Siddhartha | 1,450,730.00 | 1,797,912.20 | -19.31 |
15 | Nepal SBI | 1,380,160.00 | 956,515.89 | 44.29 |
16 | Himalayan | 1,298,340.00 | 1,026,096.45 | 26.53 |
17 | Laxmi | 1,280,430.00 | 954,948.33 | 34.08 |
18 | Machhapuchhre | 1,178,660.00 | 1,159,497.35 | 1.65 |
19 | Citizen | 1,023,370.00 | 1,414,880.61 | -27.67 |
20 | Sunrise | 860,630.00 | 944,024.39 | -8.83 |
21 | Civil | 777,080.00 | 617,684.87 | 25.81 |
22 | Agriculture Development | 100,620.00 | 1,491,818.56 | -93.26 |
Total | 41,028,700.00 | 34,996,721.52 | 17.24 |
(स्पष्टिकरणः २०७८ माघदेखि २०७९ माघसम्मको अवधिमा पाँच वटा वाणिज्य बैंकहरु मर्जर भई अन्य पाँच बैंकमा समाहित भएका छन् । पाँच बैंकले मर्जरपछिको एकीकृत नाफा सार्वजनिक गरेकाले सोही अनुरुप उल्लेख गरिएको छ । जसमा नबिलमा नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमईमा बैंक अफ काठमाण्डू, कुमारीमा एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्टमा मेगा बैंक समाहित भएका हुन् । चालु आवको ७ महिनाको तथ्याङ्कमा गाभिएका बैंकहरुमा जोडिएकाले पनि नाफामा वृद्धि भएको हो । हाल हिमालयनमा बिलय सिभिल फागुनमा मात्र एकीकृत कारोबार भएकाले माथिको समाचारमा माघसम्मको नाफा साबिक सिभिल बैंकको रुपमा नै उल्लेख गरिएको छ ।)
उता पाँच बैंकहरुको नाफा भने घटेको छ । २०७८ माघ मसान्तको तुलनामा २०७९ माघ मसान्तमा कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै ९३.२६ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको २७.६७, सिद्धार्थ बैंकको १९.३१, सनराइज बैंकको ८.८३ र प्राइम कमर्सियल बैंकको ७.६२ प्रतिशतले नाफा घटेको छ ।
नेपाल बैंक र माछापुच्छ्रे बैंकको दुई प्रतिशतभन्दा थोरै वृद्धि हुँदा प्रभु बैंक, एनएमबि, र ग्लोबल आईएमई बैंकको नाफा १४ देखि १७ प्रतिशतको बीचमा बढेको छ । सानिमा, कुमारी, सिभिल, हिमालयन, एनआईसी एशिया, लक्ष्मी, राष्ट्रिय वाणिज्य बैंकको नाफा २३ देखि ३४ प्रतिशतसम्म वृद्धि भएको छ ।
हाल बिलय भैसकेका पाँच वाणिज्य बैंकहरुले गत आवको सात महिना अवधिमा (२०७८ साउनदेखि माघसम्म) नेपाल बंगलादेश बैंकले ९४ करोड २० लाख, बैंक अफ काठमाण्डूले ८९ करोड ९२ लाख, एनसीसी बैंकले १ अर्ब १० करोड १७ लाख, मेगा बैंकले १ अर्ब ४८ करोड ५७ लाख र सेञ्चुरी बैंकले ८२ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया