सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट


लगातार वृद्धि भइरहेको सुनको भाउमा सोमबार भने गिरावट आएको छ ।

हिजो एकैदिन २९०० रुपैयाँले बढेको सुनको भाउमा आज भने ७ सय रुपैयाँले गिरावट आएको हो । ७ सय रुपैयाँले घटेर आज छापावाला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोही सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता सोमबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ९ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४.२४ र चाँदी प्रतिऔंस २२.३१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।