कालिञ्चोक दर्शनको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार खुल्ने

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ धितोपत्र सुचीकरण विनियमावली २०७५ बमोजिम बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कालिञ्चोक दर्शन लिमिटेड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच बुधबार कम्पनीको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता सेयर सुचीकरण गर्ने सम्झौता भएको हो । जसमध्ये २ प्रतिशत बराबरले हुन आउने १ लाख २० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १८ प्रतिशतले हुन आउने १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका, कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि तथा ८० प्रतिशतले हुने आउने ४८ लाख कित्ता सेयरमा संस्थापकहरुको लगानी रहेको छ ।

बुधबार सुचीकरण सम्झौता भएसँगै कम्पनीको आईपीओ बिहीबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य बनेको छ । केडिएल KDL कारोबार सिम्बोलमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपनिङ्ग कारोबार रेञ्ज पाएको छ । कम्पनीको आव २०७७।७८ को परिष्कृत वित्तीय विवरणमा कायम वास्तविक प्रति सेयर नेटवर्थ ७८ रुपैयाँ १५ पैसा का आधारमा सो रेञ्ज पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजारमा आउने कम्पनीको सेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज निर्धारण गरेकाे छ ।

कम्पनीको आईपीओ चैत २ गते बिहीबार नै आईपीओ पाउने सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भैसकेको छ ।

काठमाण्डौंको पिंगलास्थान गौशालामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको सुचीकरण पश्चात दिनुपर्ने सम्पुर्ण सेयर रजिष्ट्रार सम्बन्धी सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नारायणचौर नक्सालबाट हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।