एशियन हाइड्रोपावरको आईपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ धितोपत्र सुचीकरण विनियमावली २०७५ बमोजिम बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

एशियन हाइड्रोपावर र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच बुधबार कम्पनीको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ३४ लाख कित्ता सेयर सुचीकरण गर्ने सम्झौता भएको हो । जसमध्ये १० प्रतिशत बराबरले हुन आउने ३ लाख ४० हजार कित्ता स्थानीय बासिन्दाका लागि र २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका, कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि तथा ६५.२९ प्रतिशतले हुने आउने २२ लाख २० हजार कित्ता सेयरमा संस्थापकहरुको लगानी रहेको छ ।

बुधबार सुचीकरण सम्झौता भएसँगै कम्पनीको आईपीओ बिहीबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य बनेको छ । एएचएल कारोबार सिम्बोलमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ९९ रुपैयाँ ६० पैसादेखि २९८ रुपैयाँ ८० पैसासम्म ओपनिङ्ग कारोबार रेञ्ज पाएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम वास्तविक प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा का आधारमा सो रेञ्ज पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजारमा आउने कम्पनीको सेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज निर्धारण भएको हो ।

ललितपुरको सानेपामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको सुचीकरण पश्चात दिनुपर्ने सम्पुर्ण सेयर रजिष्ट्रार सम्बन्धी सेवा एनएमबि क्यापिटल नागपोखरी नक्सालबाट हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।