मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, छुट्यो की !


मोदी इनर्जी कम्पनी लिमिटेडले फागुन २५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज (बिहीबार) सम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोगजारीमा रहेका नेपालीहरुका लागी निष्काशन तथा बिक्री खुल्ला गरेको थियोे । सो आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

यस्तै कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा।वि।स। हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा।वि।स। हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा।वि।स हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । उक्त सेयरका लागि भने आवेलन दिने म्यात थप गरेको छ । अब स्थानिय बासिन्दाले चैत १६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

आवेदन दिने स्थान

स्थानिय बासिन्दाले सनराइज बैंक कुस्मा-पर्वत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कुस्मा, एनआईसी एशिया बैंक कुस्मा र कुमारी बैंक कुस्माबाट आवेदन दिन सकिने छ । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।