एनएमबी बैंकले ६७ हजार संस्थापक सेयर बिक्रीमा ल्याउँदै


एनएमबी बैंक लिमिटेडले ६७ हजार ७०६ कित्ता संस्थापक सेयर चैत १६ गतेबाट बिक्रीमा ल्याउने भएको छ ।  

बैंकले लिलाम बढाबढ प्रक्रियाद्वारा जयनारायण नेपालको नाममा रहेको १५ हजार ४ सय १ किता सेयर र मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३०५ कित्ता सेयर गरी कुल ६७ हजार ७०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गर्ने भएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । सेयर खरिद चाहनेले सो वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । १० लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । ५ लाख भन्दा बढी रकमको आवेदन दिने व्यक्तिले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर (PAN) आवेदन फारममा उल्लेख गर्नु पर्ने छ ।

उक्त, सेयर खरीदका लागि शिलबन्दी बोलपत्र चैत २३ गतेसम्म बैंकको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाण्डौंमा बुझाउनु पर्ने छ । तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २४ गते बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।