नेपाल लाइफका कोशी र मधेश प्रदेशका अभिकर्तालाई प्रशिक्षण


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशको इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस किसिमको कार्यक्रमले अभिकर्ताको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए । प्रशिक्षणले व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न अभिकर्तालाई सहज हुने उनको विश्वास थियो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” आकर्षक र प्रतिस्पर्धी रहनुका साथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी पराजुलीले आग्रह गरेका थिए ।

कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा सहभागि थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताएका थिए ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपाल लाइफले २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको छ । २०७९ पुस मसान्त सम्ममा १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको कम्पनीको जीवन बीमाकोष १ खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडको छ ।

कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले देशभर फैलिएका करिब १ सय ९७ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ । २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।