सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बिक्रीमा


एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

आवेदकले चैत २० गतेसम्म एनआइसी एशिया क्यापिटल लिमिटेडको प्रधान कार्यालय बबरमहल, एनआइसी एशियाको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर–३ मोरङ, वीरगञ्जको आदर्शनगर, पोखराको महेन्द्रपुल, बुटवलको श्रमणपथ, धनगढीको हस्पिटल लाइन र सुर्खेतको बीरेन्द्रनगरमा आवेदन बुझाउन सक्ने छन् ।

संस्थापक सेयरधनीले न्युनतम १ हजार सेयर खरिद गर्नु पर्ने छ । सेयरको बिक्री मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकिएको छ ।
आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । सबैभन्दा बढी मूल्यमा सेयर बोलकबोल गर्नेलाई सेयर बिक्री गरिने छ ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।