स्वच्छ उर्जामा लगानी बढाउँदै नबिल बैंक

0
Shares

नबिल बैंकले पछिल्लो समयमा स्वच्छ उर्जा उत्पादनमा लगानी बढाई कार्बन उत्सर्जन घटाउदै गएको छ ।

सन् २०२२ मा बैंकले हाइड्रो पावर तथा सोलार उत्पादनमा लगानी बढाई कार्बन उत्सर्जन २ हजार १३१ टन घटाएको जनाएको छ ।

बैंकले विभिन्न क्षेत्रमा लगानी गर्ने तथा विभिन्न कम्पनीहरुलाई ऋण दिँदै आएको छ। बैंकले उर्जा, सिमेन्ट उद्योग, एयरलाइन्स, दूरसञ्चार सेवा प्रदायक कम्पनी लगायतका विभिन्न कम्पनीहरुमा लगानी गरेको छ ।

बैंकले कर्जा लगानी गरेका कम्पनीहरुले गर्ने कार्बन उत्सर्जन मापन बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सीङ विभागले गरेको छ । सन् २०२२ मा विभागले संकलन गरेको तथ्यांक अनुसार बैंकले लगानी गरेका कम्पनीहरुले ८० हजार ६७१.३७ टन कार्बनडाइअक्साइड उत्पादन गरेका छन्।

कार्बन उत्सर्जन कम गरी स्वच्छ उर्जा लगानी बढाउनका लागि बैंकले सक्रिय रुपमा काम गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । कार्बन उत्सर्जन कम गर्नका लागि सामूहिक पहल आवश्यक रहेको जनाउँदै ढुङ्गानाले आफूहरु कार्बन उत्सर्जन कम गर्न दृढ रहेको बताए ।

बैंकले कार्बन फुटप्रिन्ट कम गर्ने उद्देश्यले दिगो बैकिङ इकाइ नै स्थापना गरेको छ। यस्तै दिगो विकासका लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।