सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्रीको नियुक्ती स्वीकृत

0
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चङ्की क्षेत्री नियुक्त हुने भएका छन् ।

मर्जपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा आगामी चार वर्षका लागि कम्पनी सञ्चालक समितिको बैठकले क्षेत्रीलाई जिम्वेवारी दिने प्रस्ताव नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृति दिएको हो ।

नयाँ नियुक्तिसँग क्षेत्रीले आगामी चार वर्ष सीइओको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा कार्यभार निर्वाह गर्नेछन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो । दुई कम्पनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

साविक सगरमाथा इन्स्योरेन्सको सीइओ क्षेत्री नेपाल बीमक संघका अध्यक्ष समेत हुन्। मर्जरपछि बनेको सञ्चालक समितिले पुर्व सर्त अनुसार नै क्षेत्रीलाई सलिकोको सीइओ बनाउने निर्णय गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको थियो ।

मर्जरपछि प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा लगातका कुराहरुमा परिवर्तन आउने भएकाले सीईओ नियुक्त गर्दा अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । क्षेत्रीले वार्षिक १ करोड २० लाख रुपैयाँ तलव भत्ता पाउने प्रस्ताव गरिएको थियो । यस बाहेक क्षेत्रीले नियम अनुसार बोनस र कार्यमूल्याङ्कनका आधारमा थप इन्सेन्टिभ सुविधा पाउने छन् ।

निर्जीवन बीमा उद्योगमा अग्रणी व्यक्तित्व क्षेत्री मर्जर अगाडि २०७७ सालमा क्षेत्री साविक सगरमाथामा इन्स्योरेन्स कम्पनीमा दोस्रो कार्यकालका लागि सीईओ नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिनु अगाडि नै मर्जर सम्पन्न भएकाले मर्जर सुविधा अनुसार क्षेत्रीले अब दुई कार्यकाल (८ वर्ष) सलिकोमा काम गर्न पाउनेछन् ।

सगरमाथा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् । सगरमाथा इन्स्योरेन्स सुरु भएको तेस्रो वर्षदेखि सगरमाथामा जागिर सुरु गरेका क्षेत्रीले ६ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।