चार कम्पनीको साढे ६७ लाख कित्ता बोनस नेप्सेमा सुचीकृत

0
Shares

 गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट विभिन्न चार कम्पनीले वितरण गरेको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ ।

नेप्सेका अनुसार नेको इन्स्योरेन्स, अपि पावर, आरएसडिसी लघुवित्त र साधना लघुवित्त गरी चार कम्पनीहरुको कुल ६७ लाख ६२ हजार ९५७ दशमलव २४ कित्ता बोनस सुचीकृत भएको हो ।

नेप्सेका अनुसार नेको इन्स्योरेन्सको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २६ लाख २४ हजार ८१८ दशमलव २० कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

यस्तै अपि पावरको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर पनि मंगलबार नै सुचीकृत भएको छ ।

साथै आरएसडिसी लघुवित्तले पनि चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ६ लाख ४४ हजार १२४ दशमलव ५९ कित्ता बोनस सेयर पनि सुचीकृत भएको छ ।

र साधना लघुवित्तको चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ६ लाख १० हजार ३२८ दशमलव ४५ कित्ता बोनस सेयरपनि आजै सुचीकृत भएको छ ।

नेको इन्स्योरेन्सको माघ १५ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाका लागि माघ ३ गते, अपि पावरको फागुन १४ गते सम्पन्न भएको १९ औं वार्षिक साधारण सभाका लागि फागुन ४ गते, आरएसडिसी लघुवित्तको पुस २९ गते शुक्रबार सम्पन्न भएको नवौं वार्षिक साधारण सभाका लागि पुस १५ गते र साधना लघुवित्तको पुस ३० गते सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाका लागि पुस २० गते बुकक्लोज गरिएको थियो ।

बुकक्लोज मितिको अघिल्लो कारोबार दिनसम्म सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी पुस्तिकामा कायम हुन आएका लगानीकर्ताहरुले मात्र उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।