प्राथमिक बजारमा सामुहिक लगानी कोषको २२ करोड इकाई बिक्रीमा आउने

0
Shares

प्राथमिक बजारमा सामुहिक लगानी कोष योजनाको २२ करोड इकाई बिक्रीमा आउने भएका छन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको हो । यी दुबै बन्दमुखी प्रकृतिका योजना हुन् ।

आरविवि म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर–३० म्युचुअल फन्डले इकाई निष्कासन गर्न सेबोनबाट चैत ५ गते अनुमति पाएका हुन् । आरविवि म्युचुअल फन्ड–२ ले एक अर्ब २० करोड मूल्यको प्रतिइकाई १० अंकित दरका कुल १२ करोड इकाई र सिटिजन्स सुपर–३० ले १ अर्ब रुपैयाँ मूल्यको १० अंकित दरका कुल १० करोड बराबरको इकाई जारी गर्न अनुमति पाएको हो ।

अनुमतिसँगै दुबै फन्डले अबको २ महिनाभित्रमा इकाई सार्वजनिक निष्कासनमा ल्याउनेछन् ।

सिटिजन्स सुपर–३० म्युचुअल फन्ड सिटजिन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउनेछ । फन्डको कोष प्रवद्र्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।  आरविवि म्युचुअल फण्ड २ योजना आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने छ । फन्डको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।