मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


मोदी इनर्जी कम्पनी लिमिटेडले फागुन २५ गतेदेखि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले चैत १६ गते (आज) कार्यालय समयभित्र न्युनतम १० देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सनराइज बैंक कुस्मा-पर्वत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कुस्मा, एनआईसी एशिया बैंक कुस्मा र कुमारी बैंक कुस्माबाट आवेदन दिन सक्ने छन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।