नबिल बैंकको १ लाख ५० हजार संस्थापक सेयर बिक्रीमा


नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर चैत १६ गतेदेखि बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी सो सेयरको बिहीबारदेखि बिक्री खुला गरेको हो ।

उक्त, सेयर खरीदका लागि चैत १६ गतेदेखि ७ दिनभित्र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, नारायणचौरमा आवेदन दिनुपर्नेछ ।

आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । सेयरको मूल्य र संख्या क्रेता र बिक्रेताबीचको आपसी समझदारीमा कायम गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।