नयाँ वर्षमा यामाहाको उपहार, ५० हजारसम्मको क्यासब्याक


नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अफरहरूले भरिपूर्ण योजना ल्याएको छ ।

कम्पनीले पावर अफ फाइभ योजना ल्याएको हो । यसअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउनेछ।

त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत १ लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउनेछन् । खरिद गरेपश्चात् पनि तीन जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड्स जित्ने मौका पाउनेछन् ।

यो योजना आर१५, एमटी१५ र फेसिनो मोडलबाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागू हुनेछ ।

यामाहा नेपालले यो योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजनाअन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहापावरअफ५ डटकममा गएर वा क्युआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् ।

ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् ।

बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरूले आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई सेयर गर्न सक्नेछन् ।

एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्रीले २०८० को लागि “पावर अफ फाइभ” अफर सुरु गर्न पाउँदा रोमाञ्चित रहेको बताए ।

उनका अनुसार यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो ।

“हामी हाम्रो पावर अफ फाइभ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ’, उनले भने, ‘यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ ।”

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।

यो अफर आर १५, एमटी १५ र फेसिनो बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ ।

यामाहाको पावर अफ फाइभ योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जो कोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो ।

खरिदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो ।

यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्ने कम्पनीको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।