मोदी इनर्जी हाइड्रोपावरको आईपीओ बाँडफाँड, आवेदकले अधिकतम ३० कित्तासम्म हात पारे


मोदी इनर्जी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले फागुन २५ गतेबाट बिक्री खुला गरेको आईपीओ चैत १७ गते शुक्रबार बाँडफाड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट कम्पनीको आईपीओ खरिदका लागि कुल १८ हजार ८९ वटा आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार २० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै सेयर वितरण गरिएको छ भने ३० कित्ता वा सोभन्दा बढी आवेदन गर्नेमध्ये गोलाप्रथाबाट १२ हजार ८४६ जनालाई मात्र थप १० कित्ताका दरले सेयर बाँडफाँड भएकाे छ ।

जसमा अधिकतम ३० कित्तासम्म सेयर हात पारेका छन् । बाँडफाँडमा २० कित्तासम्म माग गर्ने आवेदकलाई माग बमोजिम नै सेयर बाँडफाँड गरिएको हाे भने ३० कित्ता वा सोभन्दा बढी सेयर माग गर्ने आवेदकमध्ये १२ हजार ८४६ जनाले मात्र थप १० कित्ता गरी कुल ३० कित्ता सेयर प्राप्त गरेका हुन् । 

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने  ४३ करोड ५० लाख रूपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गरेकोमा त्यसको १० प्रतिशले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबररको ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।