डाबर नेपालले जित्यो ‘नेशनल एचआर एक्सीलेन्स अवार्ड २०२३’


डाबर नेपालले ‘नेशनल एचआर एक्सीलेन्स अवार्ड २०२३’ जितेको छ ।

ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फमले डाबर नेपाललाई पुरस्कृत गरेको हो ।

डाबर नेपाललाई नेपालमा एच. आर. नीति , अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै अवार्ड प्रदान गरेको बताइएको छ । अवार्ड डाबर नेपालका एच. एस. बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुले प्राप्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।