वार्षिक ११ प्रतिशत ब्याज पाइने महालक्ष्मीको ऋणपत्रको बिक्री चैत २९ देखि खुल्दै


वार्षिक ११ प्रतिशत ब्याज पाइने महालक्ष्मी विकास बैंकको ऋणपत्र चैत २९ गतेदेखि खुल्ने भएको छ । बैंकले चैत २९ देखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन खुला गरेको हो ।

बैंकले प्रतिसेयर एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । महालक्ष्मी विकास बैंकले स्वीकृति पाएको १ अर्बको १० लाखमध्ये ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधरणलाई र बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । सर्वसाधारणले ऋणपत्र न्यूनतम २५ कित्ता खरीद गर्नु पर्ने छ भने अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा चैत २९ गतेदेखि बैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ ।

कर्जा लगानीका लागि दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि दश वर्ष अवधिको ऋणपत्रको बिक्रीको बाटो रोजेको हो । बैंकले जारी गर्ने ऋणपत्र परिपक्व नभएसम्म पाकेको व्याज अर्धवार्षिक (६–६ महिनामा) रुपमा लगानीकर्तालाई बिक्री गर्ने छ । बैंकले ऋणपत्रमा दिइरहेको ब्याज वाणिज्य बैंकले मुद्दती खातामा दिइरहेको ब्याज सरह हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।