कृषि विकास बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


कृषि विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

चैत ७ गतेदेखि सुरु भएको कार्यक्रम चैत १२ गतेसम्म सातवटै प्रदेशका बिभिन्न ९ स्थानहरुमा भएको हो ।

नेपाल राष्ट्र बैंकको आव्हानमा यस बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धकहरु, प्रदेश प्रमुखज्यूहरु र विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकहरुको आथित्यमा वित्तीय साक्षरतासम्बन्धी कार्यपत्रको प्रस्तुतीकरण सहितको कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदेश कार्यालय दाङका निर्देशक राजेशकुमार श्रीवास्तवको अध्यक्षतामा मिति चैत ७ गते रोल्पा जिल्लाको गंगादेव गा.पा. वडा नं. ०३ नाउलीमा संचालित कार्यक्रममा सो क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसहित १३१ जनाको सहभागितामा “वित्तीय अनुशासन एवं महिला उद्यमशीलता” सम्बन्धी कार्यपत्रसहित साक्षरता कार्यक्रम संचालन गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि तथा श्रोत व्यक्ति बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग रहेका थिए । उनले कार्यपत्रमा बैंक के हो ?, बैंकले कसरी काम गर्छ ? बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकार, उद्यमशीलता विकास, कृषि विकास बैंक लिमिटेडले दिने वित्तीय सेवा र कृषि विकास बैंक लि.बाट नै किन कारोबार गर्ने ? लगायत बिबिध विषयमा प्रकाश पारेका थिए ।

प्रदेश कार्यालय भैरहवाले चैत ८ गते बैंकका प्रदेश निर्देशक सरोजकुमार साहको अध्यक्षतामा लुम्विनी वाणिज्य क्याम्पस, बुटवलमा क्याम्पसका बिबिए तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । कुल ८० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रवन्धक डा. बाबुकाजी थापाले विद्यार्थीको फ्याकल्टीसँग मिल्दोजुल्दो कक्षा डिजिटल डिस्पे शीर्षक रहेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै कोसी प्रदेश कार्यालय विराटनगरका निर्देशक रन्जन खनालको अध्यक्षतामा चैत ९ गते इलामको मंगलबारेमा विद्यार्थी र महिला समूहलाई लक्षित गरी वित्तीय साक्षरता, वित्तीय अनुशासन एवं महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको थियो ।

यसैगरी मधेश प्रदेश कार्यालय जनकपुरका निर्देशक नवीनकुमार पाख्रिनको अध्यक्षता चैत ९ गते श्री जनता नमुना प्राविधिक मा.वि. गिद्धावेलापटि, धनुषामा कृषक समूह, आमा समूह, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो । कुल ७५ जना सहभागी रहेको सो कार्यक्रममा प्रमुख अतिथि एवं श्रोत व्यक्तिको रुपमा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले वित्तीय साक्षरता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेश कार्यालय कर्णली, सुर्खेतले पनि चैत ९ गते वित्तीय साक्षरता\वित्तीय अनुशासन उद्यमशिलता तथा डिजिटल प्रोडक्ट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा संचालित कार्यक्रममा दैलेख र सुर्खेत जिल्लाका ६७ जना महिलाहरु सहभागी रहेका थिए ।

यस बंैकको गण्डकी प्रदेश कार्यालय पोखराले चैत ९ गते गुरुकुल विद्यासदन नयाँबजार, पोखरामा सम्पन्न गरेका थिए । कुल ५० जना सहभागी रहेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशी र बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले चैत १० गते महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा कलेजका विद्यार्थी तथा शिक्षकवर्गलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ८९ जना सहभागीहरुको उपस्थिति रहेको थियो । बागमती प्रदेश कार्यालय काठमाण्डौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायको अध्यक्षतामा शिक्षक, बिद्यार्थी, कर्मचारी र लोपोन्मुख जिरेल जातिलाई लक्षित गरी श्री सरस्वती सामुदायिक विद्यालय जिरी, दोलखामा चैत १० गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश कार्यालय वीरेन्द्रनगरले पनि चैत १२ गतेका दिन मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ०४ छतिवनस्थित श्री महेन्द्र माध्यमिक बिद्यालय (प्राविधिक शिक्षालय) मा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विधार्थी, शिक्षक र बैंकका ग्राहकहरुसमेत १०० जनाभन्दा बढीको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक एवं बाग्मती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायले पैसाको प्रवन्ध, प्रयोग तथा कृषि बिकास बैंक लि.बाट प्रदान गरिने सेवा तथा डिजिटल प्रोडक्टको सम्बन्धमा बताएका थिए ।

सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार राईको अध्यक्षतामा संचालित उक्त कार्यक्रम बैंकका प्रदेश कार्यालय वीरेन्द्रनगरका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु एवं शिक्षकहरुले भोलिको दिनमा हुन सक्ने वित्तीय जोखिमको न्यूनीकरण हुने तथा देशको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने भनी कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

देशभर संचालित वित्तीय साक्षरता कार्यक्रमहरुमा सहभागीहरुलाई बचत के हो ?, खाताका प्रकारहरु, बैक तथा वित्तीय संस्थाहरुले उपलव्ध गराउने सेवा तथा सुविधाहरु, उद्यमशीलता, कर्जा प्राप्त गर्ने प्रक्रियाहरु, बैकसँग कारोवार गर्दा हुने फाइदा, मोवाइल बैंकिङ, भिसा कार्ड तथा एटिएम, आइपीएस,कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, आस्वा, सीआरएन, त्तच् कोर्ड बैकिङ आदि विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रमहरुमा सहभागीहरुबाट आएका जिज्ञासा तथा अपेक्षाहरुमा केन्द्रीत रहेर अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा उपस्थित भएका अतिथि, सहभागी तथा स्थानीय निकायका पदाधिकारीहरुले बैंकले गाउँगाउँमा वित्तीय पहुँच पु¥याई सेवा विस्तारका लागि आफ्नो शाखा संजालमा विस्तार गर्नुपर्ने र बैंकको व्यवसाय विस्तारका लागि वहाँहरुको तर्फबाट सदैव साथ सहयोग रहने धारणा व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।