एभरेष्ट बैंकको उर्जा ऋणपत्र र सनराइज फोकस्ड इक्वीटी फन्डको इकाई सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र र सनराइज फोकस्ड इक्वीटी फन्डको इकाई सुचीकृत भएको छ ।

‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोल तथा फन्डको इकाई एसएफइएफ सिम्बोलमा सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य १ हजार रुपैयाँ अंकित दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत गरेको हो । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदर दिनेगरी १० वर्षे अवधिको ऋणपत्र गतेसम्म बिक्रीमा ल्याएको थियो । सोही ऋणपत्र आज सूचीकृत भएको हो । बैंकले पुस २५ देखि माघ ९ गतेसम्म उक्त ऋणपत्र बिक्री खुला गरी माघ १७ गते बाँडफाँड गरेको थियो । सूचीकृत ऋणपत्र चैत २३ गते बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ ।

यस्तै बुधबार सनराइज फोकस्ड इक्वीटी फन्डको प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई सूचीकृत भएको छ । बुधबार सूचीकृत भएसँगै चैत २३ गते बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा फन्डको इकाई कारोबार गर्न सकिनेछ ।

यो योजना सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापन तथा सामुहिक लगानी कोष योजना अन्तर्गत सञ्चालित दश वर्ष अवधिको बन्दमूखी योजना हो । फन्डको इकाई माघ १० देखि माघ २४ गतेसम्म बिक्री खुला गरी माघ २७ गते बाँडफाँड गरिएको थियो । सोही फन्डको इकाई बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

साथै सूचीकृत पश्चात फन्डले दिनुपर्ने आरटिएस सम्बन्धी सेवा सनराइज क्यापिटल कमलपोखरी मार्फत दिइने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।