तीन कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको बोनस सेयर नेप्सेमा सुचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको कुल १७ करोड ८९ लाख २६ हजार ५०० रुपैयाँ मुल्यको १७ लाख ८९ हजार २५६ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।  नेप्सेका अनुसार नेप्सेका अनुसार महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने १० करोड २० लाख ९९ हजार ८५ रुपैयाँ बराबरको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता बोनस सेयर चैत २० गते सोमबार सुचीकृत भएको छ । यस्तै वीन नेपाल लघुवित्तको चुक्ता पुँजीको ९.३३ प्रतिशतले हुन आउने ६७ हजार ६५० कित्ता बोनस सेयर पनि चैत २० गते सोमबार सुचीकृत भएको हो ।

साथै महिला लघुवित्तको चुक्ता पुँजीको ४७.५० प्रतिशतले हुन आउने ७ लाख ६२५ कित्ता बोनस सेयर चैत २१ गते मंगलबार सुचीकृत भएको नेप्सेले जनाएको छ ।

सुचीकृत बोनस सेयर साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । जसअनुसार वीन नेपाल लघुवित्तको २०७८ जेठ १७ गतेसम्म, आइएमई जनरल इन्स्योरेन्सको पुस २६ गतेसम्म र महिला लघुवित्तको फागुन ४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

आइएमई जनरल इन्स्योरेन्सको माघ ९ गते सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा, महिला लघुवित्तको फागुन २१ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभा र वीन नेपाल लघुवित्तको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट उल्लेखित बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।