सिटी होटलको आईपीओमा दुई दिनमा दश हजार बढी आवेदन

0
Shares

सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा लागि चैत २१ गते मंगलबारदेखि निष्कासन गरेको आईपीओमा १० हजार ३५० जनाले आवेदन गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म १० हजार ३५० वटा आवेदन मार्फत ३ करोड १६ लाख ९९ हजार रुपैयाँ बराबरको ३ लाख १६ हजार ९९० कित्ताको माग परेको हो । कम्पनीले मंगलबारदेखि १ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेकोमा दुई दिनमा नै १.८९ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले आफ्नो जारीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

कुल सेयरमध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागी आवेदन दिन पाउने छन् । इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।