आइएमई जनरलको एसजीएमबाट प्रुडेन्सियलसँगकाे मर्जर प्रस्ताव पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्ने

0
Shares

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको चैत्र २२ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अध्यक्ष हेमराज ढकालको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले दुबै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डिडिए रिर्पोटको आधारमा सेयर अनुपात १:१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

एकीकृत संस्थाको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ पुग्नेछ । कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ कायम हुनेछ । यस्तै व्यवसाय करिब ४ अर्ब हुनेछ । नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पुँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने अध्यक्ष ढकालले बताए ।

एकीकृत कारोबारपछि बन्ने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनी निर्माण हुनेछ ।

सभामा अध्यक्ष ढकालले सम्पूर्ण सेयरधनी लाई स्वागत गर्दै कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई संस्थाबीच मर्जर सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको उनले जानकारी दिए ।

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास उनको थियो ।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।