एनआईसी एशिया क्यापिटलको मोबाइल एप सुरु

0
Shares

एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।

क्यापिटलले लञ्च गरेको मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको जानकारी, सामूहिक लगानी कोषको प्रति इकाई मुल्य तथा नेप्से बजारको जानकारी प्राप्त गर्न सकिने छ ।

एनआईसी एशियाले मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निशुल्क उपलब्ध गराउने भएको छ ।
मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारी दिँदै जाने एनआईसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले बताएका छन् ।

उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शीघ्रातिशिघ्र सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटलको प्रतिबद्धताक्रमा यस मोबाइल एप ले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस एपले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।